डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, १८ जनाको उद्धार-Sutra News

डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, १८ जनाको उद्धार

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राति काठको डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।



जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले सोमबार पत्रकारहरूलाई भने, “करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुङ्गा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो, त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो ।”

प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उहाँले थपे, “शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको थियो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट