जेलेन्स्कीको असन्तुष्टि- लोकतान्त्रिक देशको नेताले रक्तपातपूर्ण नेतालाई अँगालो हाल्नु निराशाजनक-Sutra News

जेलेन्स्कीको असन्तुष्टि- लोकतान्त्रिक देशको नेताले रक्तपातपूर्ण नेतालाई अँगालो हाल्नु निराशाजनक

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।



हाल रुस भ्रमणमा रहेका मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेको भन्दै राष्ट्रपति जेलेन्स्कीले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले मोदीको यो भ्रमण युक्रेनमा शान्ति प्रयासमा ठूलो धक्का भएको बताए ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको नेताले विश्वकै रक्तपातपूर्ण नेतालाई अँगालो हाल्नु निराशाजनक छ ।’

रुसले हाल युक्रेनमाथिको आक्रमण तीव्र गरेको छ । सोमबार मात्र किभको एक बाल अस्पतालमा रुसले गरेको आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट