काठमाडौं महानगरको २६ अर्बको बजेट सर्वसम्मतले पारित-Sutra News

काठमाडौं महानगरको २६ अर्बको बजेट सर्वसम्मतले पारित

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।



पालिकाको मंगलबार दिउँसो बसेको नगरसभाको १५ औँ अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।

महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर बालेन शाहले घोषणा गरेका थिए । त्यस्तै छलफलपछि महानगरको बजेट पनि पारित भएको छ ।

महानगर प्रमुख बालेनले नगर सभाका सदस्यहरुले प्रस्तुत गरेको बजेटको संशोधनलाई सकेसम्म समेट्ने गरी बजेटलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई नगरसभाले सर्वसम्मत पारित गरेको थियो ।

महानगरको नगर सभामा उपप्रमुख सुनिता डंगोलले असार १० गते २५ अर्ब ७० करोड ६३ लाखको बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट