काठमाडौं । हाल देशभर मनसुनीको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।