आज मिथुन, कन्या र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मिथुन, कन्या र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

बुधबार, २६ असार २०८१

बुधबार, २६ असार २०८१

आज मिति २०८१ असार २६ गते बुधबार । सन् २०२४ जुलाई १० तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व चतुर्थी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

पराक्रम वृद्धि हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । आज व्यापारमा राम्रै फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ भने विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । आमोदप्रमोदको भाव पैदा होला ।

बृष

आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहने सम्भावना छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्ने दिन भएपनि विगतका समस्या बल्झिन सक्छन् । तथापि, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । चोरी वा ठगीमा परिने योग छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । कमजोर भएको अनुभूति हुन सक्छ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । कर्मबल वृद्धि होला । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभका काम हुनेछन् । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । कर्मबल बढ्ने छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

भाग्यबल वृद्धि हुनेछ । यशवर्चश्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ भने व्यापारमा पनि राम्रै फाइदा होला । कीर्तिमानी काम गर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग भएकोले सचेत रहनुहोला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला ।

बृश्चिक

समय उत्साहवर्द्धक रहला । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यजीवन सुखमय रहनेछ ।

मकर

समय केही चुनौतीयुक्त छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने समय छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पैदा गर्न सक्छन्, सावधान रहनुहोला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला, सावधाान रहनु हितकर होला ।

कुम्भ

दिन खास अनुकुल नरहला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

व्यस्तता बढ्नेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । सन्तान वा अनुयायीको सल्लाह र सहयोगले फाइदा हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । साझेदारीको काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट