अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो-Sutra News

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

बुधबार, २६ असार २०८१

बुधबार, २६ असार २०८१

काठमाडौं । अविरल वर्षाका कारण मध्य पहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका ३ मेस्पाङामा सडक भासिएको छ ।



भोजपुर-चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले जानकारी दिए ।

“वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,” उपाध्यक्ष राईले भने, “सडकमा ठूलो क्षति भएको छ, यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुन सक्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट