बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज आफ्नो प्रोफेशनल लाइफ भन्दा पर्सनल लाइफका कारण बढी चर्चामा छिन् ।
ज्याकलिन फर्नान्डिसको नाम सुकेश चन्द्रशेखरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा लामो समयदेखि चर्चाको विषय बनेको छ भने उनी यस विषयमा फेरी विवादमा परेकी छन् ।
उनी खासगरी ठग सुकेशसँग सम्बन्धित २०० करोड रुपैयाँको मनी लान्ड्रिङ प्रकरणमा ज्याकलिन प्रवर्तन निदेशालय (ईडी) को निशाना बनेकी हुन्।
ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले फेरी बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् ।
ज्याक्लिनलाई इडीले मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले बयानका लागि बोलाएको बताइएको छ ।
ज्याक्लिनक पुर्वप्रेमी समेत रहेको बताइने सुरेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक इडीले बयान लिएको छ । यस अघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।