डुम्रे–बेँसीसहर सडक सञ्चालन, काठमाडौं-पोखरा जान सहज-Sutra News

डुम्रे–बेँसीसहर सडक सञ्चालन, काठमाडौं-पोखरा जान सहज

बुधबार, २६ असार २०८१

बुधबार, २६ असार २०८१

काठमाडौं । पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट