काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
एमालेले आज सचिवालय बैठक बसेर यस्तो निर्णय गरेको हो । बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।