पोल्याण्डको पीआर नलिएको शिक्षामन्त्री सुमनाको दाबी-Sutra News

पोल्याण्डको पीआर नलिएको शिक्षामन्त्री सुमनाको दाबी

बुधबार, २६ असार २०८१

बुधबार, २६ असार २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग पोल्याण्डको पीआर नलिएको दाबी गरेकी छन् । राष्ट्रिय सतर्कता केन्द्रले उनको पीआरबारे प्रश्न उठाएपछि उनले यसबारे खण्डन गरेकी हुन् ।



मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा भिडिओ राख्दै केन्द्रबाट अत्यन्त जरुरी पत्र भन्दै आएको जानकारी दिइन् । नेपाली नागरिकसँगै युरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेर आवश्यक अनुसन्धान गर्न भनेसँगै उनलाई सतर्कता केन्द्रले पत्र पठाएको थियो । सोही आधारमा केन्द्रले मन्त्री श्रेष्ठसँग जवाफ माग गरेको हो ।

मन्त्री श्रेष्ठले आफूसँग नेपाली नागरिकताबाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको दाबी गरेकी छन् । पोल्याण्डका नागरिकसँग विवाह गरेकी उनलाई त्यही देशको पीआर लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

‘मैले २० वटा जति देश भ्रमण गरेको छु, कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर लिएको छैन, लिने प्रक्रिया के हो ? त्यो समेत थाहा छैन,’ उनले भनेकी छन् ।

उजुरीमा नागरिकता दुरुपयोग गरेको, दोहोरो नागरिक भएको तथा बैंक खाता खोल्दा दुरुपयोग गरेको आरोप लागेको थियो । उनका श्रीमान् पोल्याण्डका नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट