सरकारमा गएर रवि लामिछानेले काम गर्न सकेनन्- मुकुल ढकाल-Sutra News

सरकारमा गएर रवि लामिछानेले काम गर्न सकेनन्- मुकुल ढकाल

बुधबार, २६ असार २०८१

बुधबार, २६ असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रवि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् ।



बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् । आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरी चलाएको आरोप लगाएका छन् ।

उनले पार्टीलाई लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोपसमेत लगाए । उनले लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।

ढकालले आफूलाई प्रचलित कानूनविपरीत कारबाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धि ऐनअनुसार स्पष्टीकरणको म्याद नसकिएको समयमा आफूलाई निलम्बनको पत्र थमाइएको जिकीर गरेका छन् ।

उनले स्पष्टीकरणको मौका नदिएर कारबाही गर्न पाइदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफू अहिले पनि पार्टीको महामन्त्री रहेको जिकीर गरेका छन् ।

आफूलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट