काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनु पर्ने बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नु पर्ने बताएका छन् । साथै, ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने बताए ।
यस्तै, ढकालले आफूलाई गरेको कारवाही नियम संगत नभएको भन्दै अहिले पनि पार्टीको महामन्त्री आफै रहेको दाबी गरे ।
उनले आफूले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगत रुपमा चलाएको आरोप लगाएका छन् ।