काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरिरहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जान रोक्नका लागि पहल भइरहेको बताएका हुन् ।
उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरी भएका काम अहिलेको परिस्थिति पैदा भएको धारणा राखे । भ्रष्टाचार, अस्थिरतालगायत स्वार्थप्रेरित काम देखिएको उनको भनाइ थियो ।
ओलीले संविधानलाई गतिशिल बनाउन आवश्यकताअनुसार परिमार्जन गर्ने गरी कांग्रेससँग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गरे । उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागी गराउने बताए ।