तनहुँ । पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरा नजिक दिउँसो खसेको पहिरोले अवरुद्ध भएको हो ।
ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो ।
म्याग्दे गाउँपालिका ६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ ।