काठमाडौं । नेपालमा रेमिट्यान्स आप्रवाह मासिक सवा एक खर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार ११ महिना (साउन-जेठ)सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
बैंकका अनुसार यस वर्ष विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले बढेर नौ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशत मात्रै थियो ।