पार्टीमा प्रचण्डको निष्कर्ष- ओलीले झुट बोलेर धोका दिए-Sutra News

पार्टीमा प्रचण्डको निष्कर्ष- ओलीले झुट बोलेर धोका दिए

बुधबार, २६ असार २०८१

बुधबार, २६ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका छन् ।



बुधबार बसेको पार्टीको संसदीय दलमा एमाले अध्यक्ष ओलीले असार १८ गतेसम्म पनि झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका हुन् ।

आफूले बामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न अफरसमेत गरेको बताउँदै प्रचण्डले ओलीले उल्टो कांग्रेसलाई गाली गरेर ८४ सम्म सहकार्य गर्ने र पार्टी एकतासम्म गर्ने कुरा गरेको बताएका थिए ।

प्रचण्डले बैठकमा ओलीले ‘स्वर्ग गए पनि सँगै जाने नर्क गए पनि सँगै जाने’ भनेपछि आफू ढुक्क भएको बताउँदै पछि कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुरा गर्दा त्यसअघि सम्झौता भइसकेको थाहा भएको बताएका थिए ।

उनले ओलीलाई आफूले चिनेको भए पनि अहिलेसम्म धेरै हण्डर ठक्कर खाएकाले सुधार भएकी भनेर विश्वास गरेको पनि भ्रम टुटेको उल्लेख गरे ।

माओवादीको संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट