अवरुद्ध पृथ्वीरामार्ग एकतर्फी खुल्यो-Sutra News

अवरुद्ध पृथ्वीरामार्ग एकतर्फी खुल्यो

बिहिबार, २७ असार २०८१

बिहिबार, २७ असार २०८१

मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ ।



इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो ।

अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसँग छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट