काठमाडाैं । स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि बढेकाे छ । केही दिन लगातार गिरावटपछि स्थिर रहेकाे मूल्य बिहीबार बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकाे तुलनामा बिहीबार प्रतिताेला ८ सय रूपैयाँका दरले मूल्य बढेकाे छ ।
महासंघले जनाएअनुसार मूल्य बढेसँगै बिहीबार छापावाला सुनकाे मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा पुगेकाे छ भने तेजावी सुनकाे मूल्य प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँमा पुगेकाे छ ।
यसअघि बुधबार छापावाल सुनकाे मूल्य प्रतितोला रु एक लाख ४४ हजार १०० थियाे भने तेजाबी सुनकाे मूल्य प्रतितोला रु एक लाख ४३ हजार ४ सय रूपैयाा थियाे ।
सुनकाे मूल्यसँगै बिहीबार चाँदीकाे मूल्य पनि बढेकाे छ । महासंघका अनुसार यो दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।