कुखुरा फार्मभित्र सञ्चालकको हत्या, काम गर्ने श्रीमान्-श्रीमती फरार-Sutra News

कुखुरा फार्मभित्र सञ्चालकको हत्या, काम गर्ने श्रीमान्-श्रीमती फरार

बिहिबार, २७ असार २०८१

बिहिबार, २७ असार २०८१

काठमाडौं । मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ ।



बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका ९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको प्रहरीले जानकारी दिएको हो । उनको टाउको र शरीरका भागमा गहिरो चोट देखिएको छ ।

मृतकको शरीरमा बञ्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताए । उनको खुकुरा फार्ममा काम गर्न श्रीमान्-श्रीमती बस्दै आएका थिए । घटनापछि दुवै जना फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट