एक वर्षपछि २२०० काे विन्दुमाथि नेप्से-Sutra News

एक वर्षपछि २२०० काे विन्दुमाथि नेप्से

बिहिबार, २७ असार २०८१

बिहिबार, २७ असार २०८१

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर २,२०४.६१ का बिन्दुमा पुगेको छ ।



ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ ।

नेप्सेसँगै बिहीबार कारोबार रकम पनि बढेको छ। यस दिन २ कराेड २ लाख ३७ हजार बढी कित्ता किनबेच हुँदा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बिहीबारकाे कारोबार रकम ६ महिनायताकै उच्च हो। यसअघि गत पुस २६ गते नेप्सेमा ७ अर्बभन्दा बढीको कारोबार भएको थियो।

यसदिन बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड नौ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड नौ दशमलव ८३, जानकी फाइनान्स आठ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ८२ प्रतिशतले कमाएका छन् ।

समाज लघुवित्त चार दशमलव ५९, साधना लघुवित्त चार दशमलव ५६, एनएमबी–५० चार दशमलव १३, सेञ्चुरी डिबेञ्चर तीन दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट