काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
जनमत पार्टीको बिहीबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदै आएको थियो ।
तर, नेपाली कांग्रेस-नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि मधेस प्रदेशको सरकार बचाउन नयाँ गठबन्धनमा लाग्ने संकेत गरेको हो ।
अर्कोतर्फ कांग्रेस-एमालेबीच सहमतिमा पनि ३-३ प्रदेश भागबण्डा गरेर मधेस प्रदेश मधेस केन्द्रित दललाई दिने सहमति गरेका थिए । प्रतिनिधिसभामा जनमतका ६ सांसद छन् ।