स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ-Sutra News

स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

बिहिबार, २७ असार २०८१

बिहिबार, २७ असार २०८१

काठमाडौं । काठमाडौं महानगर २२ सुन्धाराबाट स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा चितवन भरतपुर महानगर १५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । प्रहरीले बा.प्र. २०४८ प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट