आज तपाईंको दिन कस्तो, के छ राशिफलमा ?-Sutra News

आज तपाईंको दिन कस्तो, के छ राशिफलमा ?

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

आज मिति २०८१ असार २८ गते शुक्रबार । सन् २०२४ जुलाई १२ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व षष्ठी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

व्यस्तता वृद्धि हुनेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्य सम्पादन गर्ने क्षमता बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा हुने छन् । खर्च सामान्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला ।

बृष

पराक्रम र शुभता बढ्ने छ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । तपाईंप्रति इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यापार व्यवसायमा सामान्यमात्र फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट हुनेका लागि राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख बढ्ने छ ।

मिथुन

टाढाको यात्रा गर्ने प्रक्रियाअघि बढ्ने समय छ । तर, काममा समस्या थपिन सक्ने योग छ । शत्रु र रोगबाट छुटकारा मिल्ला । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान राख्नुहोला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना भएकाले होसियारीसाथ काम लिनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट

बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ, तर इर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिने छ । सार्वजनिक काममा आकर्षण बढ्ने छ । कर्मबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

आजको दिन प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । पहिलेको सफलताले उत्साह जगाउने छ । बोलीको माध्यमले लाभ उठाउन सकिने योग छ । उपलब्धिले थप उत्साह जगाउला । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । रसरागमा आकर्षण बढ्ला । सार्वजनिक कार्यक्रममा आकर्षण रहने छ । आफन्त एवम् मित्रजनको साथ मिल्नेछ । ऐश्वर्व बढ्ने छ ।

कन्या

रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । तथापि, प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । व्यस्तता बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तुला

कर्मबल वृद्धि हुनेछ । प्रतिष्ठा, मान(सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । तर, विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगी ठानिएकाहरूको भर नपर्नु हितकर होला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक

घरायसी काम बन्ने छन् । मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । तर, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहला । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने छ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । परिवारिक सुख बढ्ने छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

धनु

दौडधुप बढ्ने छ । आयआर्जनका स्रोत फेलापर्नुका साथै व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथ दिनेहरू बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

कर्मबल र इच्छाशक्ति बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने छ, सचेत रहनुहोला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने समय छ । व्यावसायिक काममा खर्च पनि बढ्ला । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न भने सकिएला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ । अन्ततः चुनौतीहरू हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । आरोग्यता रहनेछ ।

मीन

हिम्मतले काम बनाउन सकिने समय छ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने छन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । खर्च केही बढ्न सक्छ । आफ्नै प्रयासले लाभ मिल्नेछ । प्रतिस्पर्धी परास्त होलान् । प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुखविलास बढ्ला । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट