काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो परी दुई बस त्रिशुली नदीमा खसेका छन् । सशस्त्र प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा चितवन भरतपुर महानगर २९ सिमलताल भन्ने ठाउँमा पहिरोमा परी वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेको हो ।
वीरगञ्जबाट आएको गाडीमा २०-२१ जना र गणपति डिलक्समा करिब ४०-४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ३५ जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जना गोताखोरसहित २० जना परिचालन भएका छन् । अविरल वर्षाका कारण पहिरोमा परी बस त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् ।
सशस्त्र प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।
बीरगन्जबाट आएको गाडीमा २०-२१ जना र गणपति डिलक्समा करिब ४०-४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् ।
पहिरोले अहिले काठमाडौं प्रवेश गर्ने मुग्लिन नारायणगढ सडक ठप्प भएको सशस्त्र प्रहरीले जनाएको छ ।