अवतरणका क्रममा बुद्ध एयरको जहाज चिप्लियो-Sutra News

अवतरणका क्रममा बुद्ध एयरको जहाज चिप्लियो

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । बिहीबार राति अवतरणका क्रममा बुद्ध एअरको जहाज रनवेबाट चिप्लिएर करिब ५ मिटर पर पुगेको छ ।



गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाज रनवेबाट घाँसे मैदानमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जहाजमा सबै यात्रुलाई सुरक्षित बाहिर निस्किएका थिए ।

काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको थियो । जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निस्किएर गन्तव्यमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट