चितवन पहिराे अपडेट : बेपत्ता बस र यात्रु खोज्न गोताखोर परिचालन-Sutra News

चितवन पहिराे अपडेट : बेपत्ता बस र यात्रु खोज्न गोताखोर परिचालन

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडाैं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।



अविरल वर्षाका कारण आएको पहिरोमा परी शुक्रवार बिहान करिब ३ बजेको समयमा बिरगंजबाट काठमाडौ आउँदै माइक्रोबसमा २०-२१ जना र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना सवार बस त्रिशुलीमा खसेको हो ।

गणपति डिलक्समा सवार तीन जना यात्रुले हामफालेर तीन जना यात्रुले भने ज्यान जोगाउन सफल भएका छन् । हामफालेर आफ्नो ज्यान जोगाउनेहरुमा रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बिहान साँढे सातबजेदेखि नै स्थानीय र बिहान ८ बजेदेखि सशस्त्रका गोताखोर समेतको संयुक्त प्रयासमा बेपत्ता यात्रुको खोजी जारी राखेपनी यो समाचार तयार पार्दासम्म बेपत्ता बस र यात्रुको अवस्था अज्ञात छ ।

सम्बन्धित समाचार

त्रिशूली नदीमा दुई वटा बस खस्याे, कम्तिमा पाँच दर्जन यात्रु वेपत्ता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट