चितवनकाे पहिरो दुर्घटनास्थलमा एकतर्फी खुल्यो सडक-Sutra News

चितवनकाे पहिरो दुर्घटनास्थलमा एकतर्फी खुल्यो सडक

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडाैं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक संचालनमा ल्याइएको छ । चितवनको भरतपुर महानगरपालिका- २९ मा पर्ने यही स्थानबाट आज बिहान पहिरोले २ वटा गाडी बगाउँदा ६८ यात्रु बेपत्ता हुनुका साथै सडक समेत अवरुद्ध भएको थियो ।



जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी र स्थानीय सरकार तथा नागरिकको संयुक्त पहलमा आज बिहान ९:३० बजेतिरबाट सडक खुलाएर केही गाडीलाई आवातजावत गर्न दिएपनि निरन्तर वर्षासँगै सडक माथिबाट ढुंगा झर्न नरोकिएकाले अहिले गाडी चल्न सकेका छैनन् ।

अविरल वर्षाकै कारण गएरातिदेखि नै अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्डकै कालिखोला क्षेत्रको सडक खुलाउन भने केही समय लाग्ने भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका अनुसार कालिखोलामा माथिबाट पहिरो झर्नेक्रम अहिले पनि नरोकिएकाले पन्छाउन समय लाग्ने जनाएको छ ।

मुग्लिन-काठमाडौ सडकखण्डको मौवाखोला सम्म सडक एकतर्फी संचालनमा छ । गएरातीदेखि ठाउँ ठाउँमा आएको पहिरोका कारण मुग्लिन-काठमाडौ सडक अवरुद्ध हुँदा सडकमा यात्रुवहाक तथा मालवाहक सवारीको लामो जाम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट