संसद् फेस गरेलगत्तै प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने-Sutra News

संसद् फेस गरेलगत्तै प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको १८ महिनामा पाँचौ पटक विश्वासको मत लिँदै छन् । यसअघि चार पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपनि पाँचौ पटक विश्वासको मत प्राप्त गर्ने सम्भावना निकै न्यून छ ।



यसअघि नै संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले सत्ता सहकार्य गर्ने सहमति गरिसकेका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना निकै कम छ ।

यसैबीच, प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएलगत्तै पार्टी मुख्यालय पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीले गरेका छन् । उनकाे सचिवालयले जनाएअनुसार संसदबाट बाहिरिएलगत्तै पेरिसडाँडाबाट विशेष सम्बाेधन गर्नेछन् ।

संविधानको धारा ७६ को उपधारा २ बाट प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत हासिल नगरेपछि ७६ को उपधारा ३ अन्तर्गत सरकार बन्नुपर्ने दाबी गर्दै आएको माओवादीले कांग्रेस र एमाले मिलेर आजै ७६/२ अन्तर्गत नयाँ सरकार बनाउन दाबी पेश गर्ने तयारी गरेपछि त्यसलाई प्रतिवाद गर्न विशेष सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ ।

केही बेरमा सुरु हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई उनको दल माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)ले मात्रै विश्वासको मत दिने निर्णय गरेका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना निकै न्यून छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट