काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
‘विश्वासको मत दिने र ह्वीप पनि जारी गर्ने निर्णय गरेका छौँ,’ उनले भने।
आजको बैठकमा आफ्ना मन्त्रीहरूले अहिलेसम्म गरेको काम कारबाहीका विषयमा पनि छलफल भएको उनले बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक सुरु भएको छ ।