सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन तोलामा १८ सयले वृद्धि-Sutra News

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन तोलामा १८ सयले वृद्धि

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज एकैदिन प्रतितोला १८ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो ।



गएको असार २३ गते प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यलाई ब्रेक गर्दै प्रतितोला ४६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पाँचौ कारोबार दिन बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्दै एक लाख ४६ हजार ७ सय तथा तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ९ सय तथा तेजावी सुनको मूल्य एक लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

सुनको मूल्यमा प्रतितोला १८ सयले बढ्दै नयाँ रेकर्ड कायम गरेको दिन चाँदीको मूल्य समेत प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट