संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु-Sutra News

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन प्रतिनिधि सभा सदस्यहरूसँग मत मागेका छन् ।



आज बिहान चितवनमा पहिरोमा परि दुईवटा बस त्रिशुलीमा खसेको तथा पहिरोकै कारण कास्कीमा ११ जनाले ज्यान गुमाएको घटना सार्वजनिक भएकै दिन विश्वासको मत माग्नुपरेकोमा खेद व्यक्त गर्दै संसदमा विश्वासको मत मागिरहेका छन् ।

सत्तासाझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले संसद्‌मा विश्वासको मत माग्न लागेका हुन् ।

२०७९ पुस २६ पछि प्रचण्डले संसद्‌मा ४ पटक विश्वासको मत लिइसकेका थिए । प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि अन्य दलका नेताले बोल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट