भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतमको वार्षिक तलब कति ?-Sutra News

भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतमको वार्षिक तलब कति ?

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । भारतीय क्रिकेट टोलीका नवनियुक्त प्रमुख प्रशिक्षक गौतम गम्भीरले कसरी टोलीलाई अगाडि लैजान्छ भन्ने चर्चा भइरहेको छ ।



गत जुन २९ गते सम्पन्न आईसीसी टी २० विश्वकपमा टोलीलाई विजयी बनाएसँगै राहुल द्रबिडको कार्यकाल समाप्त भएको थियो । उनको कार्यकाल समाप्तसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गौतमलाई प्रमुख प्रशिक्षकको नियुक्त गरेको हो ।

बीसीसीआईका अनुसार प्रमुख प्रशिक्षक बनेका गौतमले वार्षिक १२ करोड भारु अर्थात करिब १९ करोड नेपाली रुपैयाँ पारिश्रमिक पाउने छन् ।

यसका साथै आवस सुविधा, टोलीसँग विदेश भ्रमणमा रहँदा दैनिक करिब करिब ३५ हजार रुपैयाँ भत्ता पाउने छन् । विदेश जाँदा बिजनेश क्लासमा यात्रा गर्ने सुविधासमेत पाउने छन् ।

गौतमले भारतीय टोली श्रीलंका भ्रमणमा पुगेसँगै आफ्नो जिम्मेवारी समाल्ने छन् । श्रीलंका भ्रमणका क्रममा भारतले तीन वटा टी–२० अन्तर्राष्ट्रिय र तीन वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ ।

यसका साथै उनी इण्डियन प्रिमियर लिग (आईपीएल)मा शाहरूख खानको लगानी रहेको कलकत्ता नाइट राइडर्स टोलीका पनि कप्तान रहेका छन् । उनले नेतृत्व लिएसँगै कलकत्ताले उपाधि जितेको थियो ।

गौतम भारतीय टोलीका पूर्व खेलाडीसमेत हुन् । उनले सन् २००३ देखि सन् २०१६ सम्म भारतीय टोलीबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट