एनसेल ‘बिज सधैँ अन’योजना सार्वजनिक, यस्ता छन् विशेषता-Sutra News

एनसेल ‘बिज सधैँ अन’योजना सार्वजनिक, यस्ता छन् विशेषता

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसायलाई ध्यानमा राख्दै विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैँ अन’योजना सञ्चालनमा ल्याएको छ। नेपाली उपभोक्तालाई ‘सधैँ अन’मार्फत सशक्त बनाउने प्रतिबद्धता जारी राख्दै ल्याइएको योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल रहेको जनाइएको छ।



नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायलाई आ–आफ्नो क्षेत्रमा सधैँ अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्‍याउनु ‘बिज सधैं अन’को उदेश्य रहेको छ। अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवा पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाका साथ महिनाभरी निर्धक्क सेवा पाइने यसका मुख्य विशेषता छन्।

एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीलाई विश्वस्तरीय बिजनेस सोलुसन प्रदान गर्दै आएको छ। एनसेलले नेपालभर फैलिएका ३२ हजार बढी संघसंस्था र व्यवसायका ५ लाखभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्मलाई दैनिक सञ्चारका लागि सेवादेखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पुर्‍याउने सोलुसनमा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ। फाइभजीले अत्याधुनिक प्रविधि सञ्चालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सक्दछ।

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा एनसेलले नेपालका बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी, होटल, व्यवसायी र थुप्रै ठूला, साना तथा मझौला उद्यमलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिस प्रदान गर्दै आएको छ।

‘बिज सधैँ अन’ प्लान

एनसेलले उद्यमी व्यवसायीका लागि मासिक रेन्टलमा ‘बिज सधैँ अन’प्लान अन्तर्गत ४९९ रुपैयाँदेखि १९४९ रुपैयाँसम्मका ५ वटा प्लान ल्याएको छ। यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ।

लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ ४९९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन्।

त्यस्तै, ६४९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन्। ९९९ रुपैयाँको प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन्। सेवाको आवश्यकता धेरै भएका ग्राहकले १५९९ र १९४९ रुपैयाँको मासिक प्लान लिन सक्छन्।

यदि ग्राहकले लिएको प्लानअन्तर्गतको सेवा सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रतिएमबीमा वा १ जीबी डेटाको मात्र ५० (बजार शुल्क भन्दा २० गुणा कम शुल्क)मा बुस्टर प्याक खरिद गर्न सक्छन्। बुस्टर प्याकअन्तर्गत ग्राहकले ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन्।

त्यस्तै, ५० रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन्।

नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नस्को रुपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टरको लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवा प्रदान गर्दै आएको छ।

यी सेवा तथा सुविधा नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिस्कृत तथा गतिशिल बजारमा भरपर्दो प्रविधि र पूर्वाधारका साथ विजनेसलाई सशक्त बनाउन मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट