१६ वर्षमा १५ वटा सरकार बनाउने तपाईंहरू होइन ? स्थिरता आयो ?- प्रधानमन्त्री-Sutra News

१६ वर्षमा १५ वटा सरकार बनाउने तपाईंहरू होइन ? स्थिरता आयो ?- प्रधानमन्त्री

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस–नेकपा एमाले मिल्दैमा स्थिर सरकार बन्न नसक्ने बताए । उनले २०४७ सालदेखि ०६३ सालसम्मको १६ वर्षको अवधिमा १५ वटा सरकार बनाउने कांग्रेस र एमालेले स्थायी सरकार बनाउन नसक्ने बताए ।



‘२०४७ देखि ०६३ सम्मको १६ वर्षमा कांग्रेस र एमालेले १५ वटा सरकार बनाउने तपाईंहरू नै होइन, स्थिरता आयो त ?,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान संशोधन गर्ने हो भने आउनुहोस् छलफल गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ ।’

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धि प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संविधान संशोधन नै गर्ने हो भने छलफल गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रबिना संविधान संशोधन कसरी गर्नु हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट