कांग्रेसलाई प्रधानमन्त्रीको अनुरोध- संसद निल्ने प्रयास गर्न सक्छन्, जोगाउनुहोला-जोगिनुहोला-Sutra News

कांग्रेसलाई प्रधानमन्त्रीको अनुरोध- संसद निल्ने प्रयास गर्न सक्छन्, जोगाउनुहोला-जोगिनुहोला

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई सम्बोधन गर्दै संसद जोगाउन अनुरोध गरेका छन् ।



प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्न गरेको सम्बोधनमा बोल्दै उनले संविधान नकुल्ची सरकार गठन गर्न आग्रह गरेका हुन् ।

‘म कांग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाईसहित केही भन्न चाहन्छु, तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला, नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला, कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला,’ उनले भने

उनले थपे, ‘संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन्, हिजो हामी मिलेर जोगाएका हौँ, अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट