काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्न उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही आक्रोश र दुखेसो पोखेका छन् । विशेषगरी संसदमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमतिप्रति रुखो आलोचना गरे ।
प्रचण्डले दुई ठूला दल मिलेर प्रतिगमन ल्याउन खोजिएको उनले बताए । उनले जसको घरमा जे–जसरी सहमति गरियो त्यसले निकै गम्भीर बनाएको बताए ।
“यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ”, प्रचण्डले भनेका छन्, “तपाईंहरुको यात्रा प्रतिगमनतिर हो भन्ने तपाईंहरुको सहमतिको तरिका, सहमति गरेका ठाउँहरु, सहमतिको तयारी कसका घरमा गर्नुभयो ? हस्ताक्षर कसका घरमा गर्नुभयो ? त्यो समय कुन रोज्नुभयो भन्ने आम जनताले नजिकबाट हेरिरहेका छन् ।”
प्रधानमन्त्री प्रचण्डले दुई दलको नियत सही नदेखिएको बताएका छन् । “नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?”, उनले भनेका छन् ।
प्रचण्डले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजिए प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।
यस्तो प्रचण्डको दुई घण्टा लामो सम्बोधन