काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताएका हुन् ।
उनले भने, ‘अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समीक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको हो ।’ प्रचण्डबाट आफूहरुले संयमताको अपेक्षा गरेको बताउँदै गम्भीर समीक्षा गर्न आग्रह गरेका छन् ।
सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गर्दै ठूला शक्तिहरुमा मेलमिलाप हुँदा देशलाई उपलब्धि हुने बताए ।