काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ परेपछि नयाँ गठबन्धन बनेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले सरकारले सुशासनका कामअगाडि बढाएको र खास गरी झाको पक्राउपछि परिस्थिति बदलिएको दाबी गरे ।
पाण्डेले संक्रमण कालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धि काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।
उनले सरकारले सरकारी कार्यालयमा लाग्ने लामो लाइनलाई हटाएको, नागरिकताको समस्या समाधान गरेको र सुशासनका काम गरेको दाबी गर्दै अन्तर्राष्ट्रिय तहमा सरकारले आफ्नो उपस्थिति राम्रोसँग देखाएको बताए ।