काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।
गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरी ती स्थानमा रात्रि बस सञ्चालन नगर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको जानकारी दिएका छन् ।
लामिछानेले दुई यात्रु बस पहिरोले बगाएकोप्रति दुख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् । उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
यस्तै, उनले लामिछानेले आफूहरू अमूर्त सहमति हुनासाथ राजीनामा नदिएर जिम्मेवारी निभाएको दाबी गरे ।
उनले आफूहरूले प्राप्त गरेको मत सरकारमा जाने मत नरहेको र प्रतिपक्षमा रहँदा खुसी रहेको र आफूहरुले गत वर्ष प्रतिपक्षको भूमिका राम्रोसँग निभाएको बताए ।