त्रिशूलीमा खसेका बसमा थिए सात जना भारतीय नागरिक-Sutra News

त्रिशूलीमा खसेका बसमा थिए सात जना भारतीय नागरिक

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगर २९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीले बगाएको दुई बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेका खुलेको छ ।



वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सात जना गरी २४ जना रहेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

हालसम्म जिल्ला प्रशासन कार्यालयले सात जना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्ग भएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन । बसका यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका छन् ।

पहिरोले बगाएका दुवै बस र तीनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट