प्रचण्डलाई मेटमणिको सुझाव- देउवासँग सम्बन्ध नबिगार्नु, आउने तपाई नै हो-Sutra News

प्रचण्डलाई मेटमणिको सुझाव- देउवासँग सम्बन्ध नबिगार्नु, आउने तपाई नै हो

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् ।



प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्धन नबिगार्न र चार महिनापछि फेरि प्रचण्डकै पक्षमा आउने बताए ।

उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद विघटनको साक्षी नबस्न आग्रह गरे ।

चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफूहरु सधै साथमा रहे पनि आफूहरुलाई बेला बेलामा छाड्ने गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट