बन्दिपुर हिलमा ‘शिव महिम्नाहा उत्सव’ हुँदै-Sutra News

बन्दिपुर हिलमा ‘शिव महिम्नाहा उत्सव’ हुँदै

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

तनहुँ । जिल्लाको पर्यटकीय ग्राम नगरीमा पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना बन्दिपुरहिलले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर श्रावण १ गतेदेखि ३२ गतेसम्म “शिव महिम्नाहा उत्सव”को कार्यक्रम आयोजना गर्ने भएको छ ।



हरेक दिन साँझमा बन्दिपुरहिलको वटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेवअगाडि शिव सन्ध्या आरती शुरु हुनेछ । साथै प्रज्वलित आरती केवलकारको माध्यमबाट भजन कीर्तन गर्दै बन्दिपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिरसम्म पुर्याइने छ ।

यस मन्दिरमा ल्याएर “दिव्य देवी आरती” गर्ने र भजन कीर्तनसहित सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको “शिव महिम्नाहा उत्सव” आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत प्रत्येक सोमबार “वोलवम पद तथा रोप यात्रा”को विशेष उत्सवमा समावेश गरिएको छ । यसका लागि मस्र्याङ्गदी नदीबाट जल उठाई शुरुवात हुनेछ ।

बोलबम कार्यक्रमको दिन बिहान ९ बजेदेखि १० बजेसम्मका सहभागी तीर्थयात्रीका लागि केबलकारको टिकट मूल्य दुई सय रुपैयाँ मात्र राखिएको छ । “शिव महिम्नाहा उत्सव”को अन्य समय र दिनहरुमासमेत विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ ।

जसमा केवलकारको टिकट तीन सय रुपैयाँ सात्विक भोजन “खिर पुरी भाजी” थाली निःशुल्क उपलब्ध गराउने छ । “शिव महिम्नाहा उत्सव” धार्मिक भावना प्रवर्धन गर्ने प्रवित्र उद्देश्यले आयोजना गरिएको कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट