युवाहरुको निराशा देखाउन नाचघरमा नाटक ‘अनुत्तर’ मञ्चन हुने-Sutra News

युवाहरुको निराशा देखाउन नाचघरमा नाटक ‘अनुत्तर’ मञ्चन हुने

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । वर्तमान समाजको यथार्थ र युवाहरुको निराशाको कथामा नाटक ‘अनुत्तर’ मञ्चन भएको छ । सद्भाव थिएटरको प्रस्तुतिमा जमल स्थित राष्ट्रिय नाचघरमा साउन १ गतेदेखि ७ गतेसम्म यो नाटक मञ्चन हुने भएको हो।



नाटकमा रङ्गकर्मी किरण चापागाईँको एकल प्रस्तुति रहनेछ । ‘पछिल्लो समय आवाजविहीनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महसूस सर्वसाधारणले गर्न थालेका छन्,’ रंगकर्मी चापागाँईले भने, ‘पछिल्लो समय युवाहरुले देशमा सपना देख्न छाडिरहेको छन् । देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैं हराएका तर नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्वीर हामीले यो नाटकमार्फत देखाउन खोजेका छौं ।’

राम केएसीको लेखन तथा निर्देशनमा बनेको यो नाटक हरेक साझँ ५ः३० बजे र अतिरिक्त शो १ः३० बजे हुने गरी मञ्चन गरिने छ । यस नाटकको सह–निर्देशन सुशीलालक्ष्मी महर्जनले गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट