काठमाडौं । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर नयाँ मोडल पी ५५ को बिहीबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको हो ।
यो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुने छन् । जसमा चार जीबी र्याम प्लस १२८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १२८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहने छ । ती फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुने छन् ।
आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको व्याट्री तथा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ ।
ग्राहकले उचित मूल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पूरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने जनाएको छ ।
सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ ।