आज मिथुन, सिंह र बृश्चिक राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मिथुन, सिंह र बृश्चिक राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

शनिबार, २९ असार २०८१

शनिबार, २९ असार २०८१

आज मिति २०८१ असार २९ गते शनिबार । सन् २०२४ जुलाई १३ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व सप्तमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन खासै शुभदायी नरहला । तार्किक क्षमताले सम्मान दिलाए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । आशा देखाउनेहरूले धोका दिन सक्छन् । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने योग रहेकोले सावधान रहनु हितकर होला । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको अवसर जुर्ला ।

बृष

स्वास्थ्य कमजोर रहे पनि समूदायको हितमा राम्रै काम गर्न सकिने छ । भेटघाटका काममा नअल्झिनु हितकर हुनेछ । आँटले काम लिन नसक्दा पछि परिने सम्भावना छ । तथापि, सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सकिने छ । शुभचिन्तकहरूले साथ दिनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिने छन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । काम गर्दा चुनौती आइलाग्ने छन् तर जिम्मेवारी हात पर्नेछ । महत्वपूर्ण योजना सोच्दै हुनु हुन्छ भने शुभारम्भको निर्णय लिनु हितकर होला । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरू हार खाने छन् । बौद्धिकता र रचनात्मकता बढ्ने छ । आरोग्यता रहने छ ।

कर्कट

न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुखदुःखमा साथ दिनेहरू चाहिँ प्रशस्तै भेटिने छन् । सोखले फजुल खर्च बढाउन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । काम बिग्रने भयले सताउन सक्छ । तथापि, कर्मबल बढ्ने छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

रोकिएका काम सम्पादन हुनेछन् । तर्क शक्ति बढ्नुका साथै आलोचकहरूलाई जवाफ दिन सकिने छ । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिने छ । सुखद समाचारले उत्साह जगाउला । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउने छ । रसरागमा आकर्षण बढ्ने छ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

सहयोगीहरू नै प्रतिस्पर्धामा उत्रिन सक्ने समय छ । तर कीर्तिमानी काम सुरु गर्न सकिने छ । धेरैले साथ दिने छन् । अप्रत्यासित रुपमा धनलाभ हुने योग छ । व्यापार तथा उद्योगमा विशेष फाइदा होला । शुभ समाचार प्राप्त हुनेछ । यात्रागत कार्य पनि सफल बन्ने छ । आफन्तको साथ मिल्ने दिन छ ।

तुला

विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिएला । समय र नियमलाई बेवास्ता नगर्नु हितकर हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । प्रेमको गाँठो समेत कसिने योग छ । साहसिक काममा आकर्षण रहला ।

बृश्चिक

रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । आफ्नै कमजोरीले अवसर गुम्ने सम्भावना छ । तथापि, बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिने छ । सोखले खर्च बढाउन सक्छ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूसँग भेटघाट हुने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने अभीष्ट जाग्ला । काम बिग्रने भयले सताउन सक्छ, धैर्य राखेर अघिबढ्नु हितकर होला । उत्तरार्धबाट शुभता बढ्नेछ ।

मकर

दीर्घ कालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्याङ्कन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

गरेका कामबाट राम्रै लाभ मिल्ने समय छ, तर सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति पनि आउला । इर्ष्या गर्नेहरूले फसाउन सक्छन् । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्ला । सुख विलास पनि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट