काठमाडौं । हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै कर्णाली र प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।