दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाउँदै ‘घरज्वाइँ’-Sutra News

दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाउँदै ‘घरज्वाइँ’

शनिबार, २९ असार २०८१

शनिबार, २९ असार २०८१

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले घरेलू बक्सअफिसमा सुखद् सुरुवात गरेको छ ।



अनिल बुढा मगरको निर्देशित डेव्यु फिल्मले पहिलो दिन नै उत्कृष्ट सुरुवात गरेको हो । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी ओगट्न सफल भएको थियो ।

वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले देशभरका विभिन्न हलमा हाउसफुल भएको र दर्शकको राम्रो साथ देखिएको बताए ।

शुक्रबार काठमाडौं उपत्यका र मोफसलमा पूर्वी नेपाल अनि पश्चिम नेपालमा बिशेषगरी दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले फिल्मको शोमा बढोत्तरी समेत गरेका छन् भने शुक्रबार दिउँसो फिल्मको टिम काठमाडौंका केही हाउसफुल हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

यता दोस्रो दिन शनिबार विहान देखिनै उपत्यकाका केही हल हाउसफुल भएका छन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको पुल्चोक स्थित लबिम मलको हल, सुनधारा स्थित सिभिल महल, भक्तपुरको भाटभटेनीमा रहेको हलमा दर्शकको उपस्थित उच्च देखिन्छ । अनलाई टिकेटिङ्ग साइट खोलेर हेर्दा अधिकांश शोमा दर्शकको चाप देखिन्छ ।

यसैगरी चावहिलको केएल टावर स्थित एफ क्युव सिनेमा हल, मोफसलमा पोखराको मिट टाउन लगाएतका हलमा फिल्म हाउसफुल भएको छ । यही अनुरूप दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाएसँगै फिल्मले बम्पर व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपछि दिवा शोबाट हलमा दर्शकको चाप देखिएको र दोस्रो दिन (शनिबार) विहानैबाट मिलेको साथले दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले रुचाइरहेको बताए ।

मगर समुदायको विवाह संस्कृतिलाई प्रस्तुत गरेको यो फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

जनक घर्ती मगर निर्माता रहेको यो फिल्ममा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।

नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट