अक्षय कुमारलाई कोरोना संक्रमण-Sutra News

अक्षय कुमारलाई कोरोना संक्रमण

शनिबार, २९ असार २०८१

शनिबार, २९ असार २०८१

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।



फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो ।

यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’को सुटिङका ​​क्रममा कोरोना संक्रमित भएका थिए । यस अवधिमा अक्षयबाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए । त्यसअघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए ।

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रबार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट