विद्यालय भवन भत्किँदा एक सय जना पुरिए, उद्धार हुँदै-Sutra News

विद्यालय भवन भत्किँदा एक सय जना पुरिए, उद्धार हुँदै

शनिबार, २९ असार २०८१

शनिबार, २९ असार २०८१

काठमाडौं । नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित एक सय जना पुरिएका छन् । स्थानीय सञ्चार माध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न संख्या दिएको छ।



नाइजेरियाली अखबार ‘पञ्च’ले मृत्यु हुनेको संख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ । शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘मृत्युको सही संख्या पुष्टि भइरहेको छ, हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट