काठमाडौं । चितवनको भरतपुर महानगर २८ मा एक भारतीय नागरिकको शव भेटिएको छ ।
नदी किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतका ऋषि साह रहेको खुलेको छ ।
उनको साथमा रहेको रासन कार्डको आधारमा शव पहिचान भएको हो । शव भेटिएका व्यक्ति सिमलतालमा पहिरासँगै त्रिशूलीमा खसेको बसका यात्रु हुन सक्ने अनुमान गरिएको छ । पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।